रोमाञ्चक खेलमा लुम्बिनीले पोखरालाई हरायो

पाेखरा | भदौ २२, २०८२

रोमाञ्चक खेलमा लुम्बिनीले पोखरालाई हरायो

पोखरा: पोखरामा जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजले पहिलो जित निकालेको छ । 


पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा घरेलु टोली पोखरा निन्जाजलाई  ३–२ को सेटले पराजित गर्दै लुम्बिनीले पहिलो जित दर्ता गरेको हो ।  


पहिलो सेट १३–२५ ले गुमाएको पोखराले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै खेलमा पकड जमाएको थियो पोखराले दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पा¥यो । 


तर, निकै प्रतिष्पर्धात्मक भएको चौथो सेटमा २८–२६ ले लुम्बिनीले जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौ सेटमा सुरुआतबाटै अग्रता बढाउँदै लुम्बिनीले १५–१० को सहज जित दर्ता ग¥यो । पहिलो जितसँगै लुम्बिनीले २ अंक जोडेको छ । ३ खेलमा जितविहीर रहेको पोखराले एक अंक जोडेको छ । 


लुम्बिनी पहिलो खेलमा कर्णाली यशविशसँग ३–१ को सेटमा पराजित भएको थियो । पोखराले भने लगातार तेस्रो हार बेहोरेको छ । पोखरा पहिलो खेलमा कर्णाली यशविश र दोस्रो खेलमा मधेश युनाइटेडसँग पराजित भएको थियो । यसअघि आजै भएको पहिलो खेलमा काठमाडौं स्पाईकर्सले मधेश युनाइटेडलाई ३–१ को सेटले पराजित गरेको थियो । 


लिगको चौथो दिन सोमबार दुई खेल हुनेछन् । पहिलो खेल कर्णाली यसविश र काठमाडौं स्पाईकर्सबिच हुनेछ । उक्त खेल दिउँसो २ बजेबाट सुरु हुनेछ । त्यसपछि भोलिको दोस्रो तथा अन्तिम खेल ललितपुर क्विन्स र लुम्बिनी लाभाजबिच हुनेछ । 


इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग २८ भदौसम्म चल्नेछ ।
 

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्